‘हल राम्रो नभएका कारण पनि चलचित्र चल्दैनन्’ : रेखा थापा



०५ असोज २०७६, काठमाडौँ

गत बिहिबार नयाँ बानेश्वरमा नयाँ मल्टिप्लेक्स हल वान सिनेमाज् को उद्घाटन भएको छ । आजभोली मल्टिप्लेक्समा सिनेमा हेर्ने दर्शकको संख्या धेरै छ । सिनेमा मनोरञ्जनको लागि हेर्ने गरिन्छ । जसको कारण दर्शक केही पैसा खर्चेर महंगो टिकट खरिद गरेर भएपनि गुणस्तरीय स्तरका सिनेमा हेर्न चाहन्छन् ।

हाम्रो देशमा यस्ता हलहरु पनि छन् । जहाँ न बस्ने राम्रो सिट नै छ न त राम्रो पर्दा नै । जसका कारण दर्शक निराश हुने गरेका छन् । यस्तै वान सिनेमाज् को उद्घाटन कार्यक्रममा पुगेकी नायिका रेखा थापाले चलचित्र नचल्नुमा हलको पनि दोष रहेको बताइन् । उनले राम्रो र गुणस्तरीय हल नभएका कारण पनि दर्शकले चलचित्र हेर्न जाँगर नचलाउने गरेको बताइन् ।

‘फिल्म राम्रो बनाएर मात्र हुँदैन । त्यसलाई देखाउनका लागि राम्रो पर्दा पनि चाँहिन्छ’ उनले भनिन् । देशभरका धेरै हलले दर्शकमाथि अन्याय गरेको समेत आफूले महशुस गरेको उनले सोही अवसरमा भनाइ राखिन् ।

प्रतिक्रिया दिनुहोस्