दिपाश्री निरौलाले भनिन् : ‘हामी चलचित्र क्षेत्रको विस्तार गर्न आएका हौँ’



०४ असोज २०७६, काठमाडौँ

हिजोमात्र चलचित्र छ माया छपक्कै को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सधैँ दशैँको आसपासमा चलचित्र रिलिज गर्ने दिपक दिपाको चलचित्र यसपटक भने दशैँपछि मात्र रिलिज हुने भएको छ ।

यसपटक छ माया छपक्कै कबड्डी कबड्डी कबड्डी, वार र रातो टिका निधारमा को कारण पछाडी धकेलिएको खबर बाहिर आइरहदाँ दिपाले भने डराएर नभएर सबै चलचित्र राम्रोसँग चल्नु पर्छ भन्ने सोचका कारण यसपटक चलचित्र पछाडी रिलिज गर्न खोजेको बताइन् ।

उनले हामी यहाँ चलचित्र क्षेत्रको विकास गर्न आएका हौँ भनेकी छिन् । साथै निरौलाले आफूहरु यो क्षेत्रमा अर्को फिल्मसँग जुध्न यो क्षेत्रमा नआएको बताइन् । ‘हामी चलचित्र क्षेत्रलाई राम्रो बनाउन र बिस्तार गर्न आएका हौँ, जुध्न आएका होइनौँ,’ उनले अगाडि थपिन्, ‘एउटा मात्र होइन, सबै फिल्म चल्नुपर्छ, जुधेर हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्