बलिउड अभिनेता नागार्जुनको कृषि फाममा भेटियो शव, फ्यान भए चकित



०३ असोज २०७६, काठमाडौँ

नागार्जुन दक्षिण भारतीय चलचित्रका सुपरस्टार हुन् । उनले थुप्रै हिट तामिल चलचित्रमा काम गरिसकेका छन् । नागार्जुनको फ्यानको लागि नराम्रो खबर आएको छ ।

नागार्जुनको चेन्नईस्थित कृषि फाममा शव भेटिएको छ । बुधबार अज्ञात व्यक्तिको शव भेटिएपछि यतिबेला यस घटनामा अनुसन्धान तथा छानबिन सुरु भएको छ।

नागार्जुनले जैविक खेती गर्नका लागि आफ्नो फार्ममा सर्वेक्षणको लागि एक अनुसन्धानकर्ता पठाएका थिए।

सोही बेला अज्ञात व्यक्ति मृत भेटिएका हुन्। उक्त शव ६ महिना पुरानो भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्