‘इन्साअल्ला मैले छोडेकै हो’ : सलमान खान



०३ असोज २०७६, काठमाडौँ

आगामी इदमा सलमान खान र आलिया भट्टले पहिलो पटक स्क्रिन सेयर गर्ने भनिएको चलचित्र इन्साअल्ला रिलिज हुने भनिएको थियो । तर बिचमा सलमानले चलचित्र छोडेको हल्ला चलेको थियो ।

अन्ततः सलमानले यस विषयमा मुख खोलेका छन् । सलमानले आफूले इन्साअल्ला छोडेको जानकारी दिएका छन् । उनले अब यो चलचित्रमा आफू नहुने स्पष्ट पारेका छन् । तर इन्साअल्ला नबन्ने भने होइन ।

यो चलचित्र अब अर्कै अभिनेतालाई राखेर बनाइन्छ । तर सलमानले आगामी इदमा आफ्नो नयाँ चलचित्र रिलिज हुने पनि बताएका छन् ।  उनले चलचित्रको नाम भने खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्