आजबाट देशभरिका हलमा ‘कबड्डी कबड्डी कबड्डी’, कस्तो आउँला नतिजा ?



०३ असोज २०७६, काठमाडौँ

आजबाट देशव्यापी रुपमा बहुप्रतिक्षित चलचित्र कबड्डी कबड्डी कबड्डी रिलिज भएको छ । कबड्डी कबड्डी कबड्डी यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । कबड्डी का २ सिरिजलाई दर्शकले निकै रुचाएका थिए ।

कबड्डी कबड्डी कबड्डी को पनि गीतसंगीत र ट्रेलरलाई दर्शकले अत्यन्तै रुचाएका छन् । जसका कारण चलचित्रलाई पनि दर्शकले रुचाउने ठूलो अपेक्षा गरिएको छ । यस्तै हिजो राजधानीमा कबड्डी कबड्डी कबड्डी को भव्य तरिकाले प्रिमियर शो गरिएको थियो ।

जहाँ चर्चित कलाकारको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरेको अधिकांश कलाकारले चलचित्रलाई निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्