नेपाल टेलिकमले अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ मुलुकहरुमा विस्तार गर्दै



१० कात्तिक २०७६, काठमाडौं

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले छिमेकी मुलुक भारतबाट पुनः संचालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ मुलुकहरुमा बिस्तार गर्ने भएको छ ।

टेलिकमले जनाए अनुसार जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरुले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् ।

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

केही समय भित्रै नेपाल टेलिकमले डाटा तथा प्रिपेड रोमिङ सेवा अझै अन्य देशहरुमा विस्तार गर्नुका साथै सेवा सम्बन्धी जानकारीका लागि https://www.ntc.net.np/pages/view/intl-roaming-data मा हेर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्