‘आइफा अवार्ड’ मा रणवीर र आलियाले पाए उत्कृष्ट नायक–नायिकाको अवार्ड



०२ असोज २०७६, काठमाडौँ

नेपालमा हुने भनिएको आइफा अवार्ड बुधबार इन्डियामै सम्पन्न भएको छ । नेपालमा आइफा अवार्ड नेपालीहरुको चर्को आलोचनाको कारण नभएको हो ।

आइफा अवार्ड मा उत्कृष्ट नायिकाको अवार्ड चलचित्र राजी बाट आलिया भट्टले जितेकी छिन् । यस्तै चलचित्र पद्यावत बाट सर्वोत्कृष्ट नायकको अवार्ड रणवीर सिंहले जितेका छन् ।

अवार्डमा ‘राजी’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । श्रीराम राघवनले चलचित्र ‘अन्धाधुन’बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, चलचित्र ‘पद्यमावत’बाट नायिका अदिति राव हैदरीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा विक्की कौशलले चलचित्र ‘सन्जु’बाट ‘उत्कृष्ट सह–नायक’को अवार्ड जितेका छन् ।

साराअली खानले ‘केदारनाथ’ चलचित्रबाट नव–नायिकाको अवार्ड जित्दा इशान खट्टरले चलचित्र ‘धडक’बाट नव–नायकको अवार्ड जिते । उत्कृष्ट कथाको अवार्ड ‘अन्धाधुन’ चलचित्रका लागि श्रीराम राघवन, पूजा लोधा श्रुती, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्