कपनमा बन्द कोठाभित्र एक महिलाको शव फेला



०१ असोज २०७६, काठमाडौं

काठमाडौंको कपनस्थित तेन्जिङ चोक नजिकै एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

कपिलवस्तु घर भएकी कपन बसदै अएकी ५५ वर्षीय कमला कार्की कोठाभित्र मृत अवस्थामा भेटिएकी हुन् ।

उनको हात र मुख सलले बाँधिएको अवस्थामा शव भेटिएकोले मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा एक महिला र पुरुषलाई नियन्त्रणमा लिएको समेत बाताएको छ ।

प्रतिक्रिया दिनुहोस्