पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको धानखेतमा !



०१ असोज २०७६, काठमाडौं

मुस्ताङबाट पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु धानखेतमा आकस्मिक अवतरण भएको छ ।

अविरल बर्षाले मौसम खराब भएकोले एयर डाइनेस्टिक हेलिकोप्टर धानखेतमा अवतरण गरेको हो । पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु सवार हेलिकोप्टर खेतमा आकस्मिक अवतरण भएकोे रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारील जानकारी दिएका छन् ।

पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक हेलिकोप्टरमा सवार थिए । हेलिकोप्टरमा सवार सबै सकुशल नै रहेको अध्यक्षले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्