एक वैज्ञानिकको अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा रात पर्दै..



०१ असोज २०७६, काठमाडौं

चन्द्रमाको दक्षिणी ध्रुवमा अब रात पर्न लागेको नासाको लुनार रिकोनेसा अर्बिटर (एलआरओ) का प्रोजेक्ट वैज्ञानिक नोआह ई पेत्रोले बताएका छन् । यससँगै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोको विक्रम ल्यान्डरसँग सम्पर्क गर्ने सम्भावना पनि लगभग सकिएको छ । साथै तस्वीर समेत खिच्न नसकिने भएको छ । एलआरओले विक्रम ल्यान्डरको तस्वीर त खिच्ने तर तस्वीर स्पष्ट आउने ग्यारेन्टी नभएको उनले बताए ।

अमेरिकी अन्तरिक्ष नियोग नासा समेतका स्पेस एजेन्सीले पजि विक्रम ल्यान्डरको तस्वीर खिच्न सक्ने छैनन् । यस खतरनाक रातमा विक्रम ल्यान्डर साबुत रहन एकदम गाह्रो हुनेछ ।

विक्रम ल्यान्डर अवतरण गरेको ठाउँमा सूर्यको प्रकाश आइपुग्दैन । तापक्रम घटेर माइनस १८३ डिग्री सेल्सियससम्म पुग्छ । उक्त तापक्रममा विक्रम ल्यान्डरको विद्युतीय हिस्सा साबुत बस्दैन । विक्रम ल्यान्डरमा रेडियोआइसोटोप हीटर युनिट लगाइएको हुन्थ्यो भने साबुत बस्थ्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्