‘प्रेमीकासँगको यौन उत्कृष्ट गोलभन्दा उत्तम लाग्छ’ : क्रिस्टियानो रोनाल्डो



०१ असोज २०७६, काठमाडौँ

क्रिस्टियानो रोनाल्डो चर्चित फुटबल खेलाडी हुन् । चर्चित मात्र नभएर उनी उत्कृष्ट फुटबल खेलाडी हुन् । जसका कारण उनले लाखौँ फ्यान कमाएका छन् । बेला बेलामा रोनाल्डो आफ्नो पारिवारिक कुराले गर्दा पनि चर्चामा आइरहेका हुन्छन् ।

हालै रोनाल्डोले एक अन्तवार्तामा उत्कृष्ट गोलभन्दा आफ्नी प्रेमिकासँगको यौन सम्पर्क उत्तम हुने बताएका छन् । यो कुराले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

वेलायतका चर्चित टिभी संचालक पियर्स मोर्गाको कार्यक्रममा हालै रोनाल्डोले प्रेमीकासँगको यौन उत्कृष्ट गोलभन्दा उत्तम भएको बताएको द सनले उल्लेख गरेको छ। सन् २०१६ देखि रोनाल्डो र २५ वर्षकी जोर्जियाना रोड्रिग्वेज प्रेम सम्बन्धमा छन्। उनीहरु लिभिङ टुगेदर सम्बन्धमा छन्।

सन् २०१७ मा उनीहरुको सन्तानको रुपमा छोरीको जन्म भएको थियो। रोनाल्डोले जोर्जियानालाई विवाह गर्ने बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्