एउटै चलचित्रमा ऋतिक र प्रभास, ऋतिक हिरो प्रभास भिलेन



०१ असोज २०७६, काठमाडौँ

प्रभास र ऋतिक एउटै चलचित्रमा देखिने भएका छन् । लामो समयदेखि बन्ने भनिएको चलचित्र रामायण मा ऋतिक रोशन राम र दिपिका पादुकोण सीता को भूमिकामा देखिने भएका छन् ।

चलचित्रमा रावण को भूमिकाको लागि कोहीपनि कलाकार फाइनल भएका छैनन् । अब भने चलचित्रको लागि निर्देशकले रावण को लागि अभिनेता छानेका छन् । यो चलचित्रमा रावणको भूमिका बाहुबली स्टार प्रभासले निभाउने भएका छन् ।

चलचित्र साहो को धमाकेदार व्यापार पछि बलिउडमा प्रभासको डिमाण्ड बढ्दो छ । यसैबिच प्रभासले नयाँ चलचित्र साइन गरेका छन् । प्रभास यो चलचित्रको लागि निकै उत्साहित रहेका छन् । अब ऋतिक र प्रभासबिच भिडन्त हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्