सातै प्रदेशका टिपिकल खाना एकै ठाउँमा



३० भदौ २०७६, काठमाडौं

आईआईएमएस कलेजले दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो ।

नेपाली टिपिकल खाना र संस्कृतिको प्रवर्द्धन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका सिइओ सविन्द्र महर्जनले जानकारी गराए ।

फेस्टिभलमा सातवटै प्रदेशका खानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–म:म, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो ।

फेस्टिभलमा नेपाली संस्कृति झल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेली नाच प्रस्तुत गरिएको सिइओ सविन्द्र महर्जनले जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्