भुवनले भने : ‘एन्टि हिरो’ मा जसिता हुने कुरा झुटो हो



३१ भदौ २०७६, काठमाडौँ

केहीदिनदेखि अनमोलको आगामी चलचित्र एन्टि हिरो मा जसिता गुरुङ फाइनल भएको खबरले बजार तताइरहेको छ । दर्शकले पनि यो जोडीलाई पर्दामा हेर्ने रहर गरेका छन् । तर भुवनले यो कुरा झुटो भएको बताए ।

उनले फेसबुकमा स्टाटस लेख्दै अहिले चलचित्रको प्रि–प्रोडक्सनको काम भैरहेको बताएका छन् । चलचित्रमा भुवन र अनमोलबाहेक अरु कोही कलाकार फाइनल भएका छैनन् । चलचित्रको सबै काम सकिसकेपछि भुवनले आफ्नो फेसबुक मार्फत चलचित्रबारे सम्पूर्ण जानकारी दिने बताएका छन् ।

उनले चलचित्रमा कोहीपनि नायिका आफूले अहिलेसम्म फाइनल नगरेको बताए । प्राप्त जानकारी अनुसार यो चलचित्रमा भुवन भिलेनको भूमिकामा देखिदैँ छन् ।

प्रतिक्रिया दिनुहोस्