मौसम खराबीः ७ वटा हेलिकोप्टर खेतमा अवतरण(तस्वीरमा हेर्नुहोस्)



३१ भदौ २०७६, काठमाडौं

मौसम खराब भएपछि ७ वटा होलिकोप्टर फरक फरक स्थानमा आकस्मिक अवतरण गरिएको छ।

लुक्लाबाट काठमाडौंका लागि उडेका ती हेलिकोप्टर मौसममा खराबी आएपछि बिच बाटोमै खेतमा आकस्मिक अवतरण गरिएको छ।

त्यस्तै काभ्रेको पाँचखाल तथा सिन्धुलीको नेपालथोकमा गरी ७ वटा हेलिकप्टरको आकस्मिक अवतरण गराइको बताइएको छ।

जसमध्ये पाँचखालको जोरपाटी र हर्सेमा ४ वटा तथा सिन्धुलीको नेपालथोकमा ३ वटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्