उपासनासँग मायाको कुरा गर्दै दयाहाङ



३१ भदौ २०७६, काठमाडौँ

आगामी शुक्रबार अर्थात असोज ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने चलचित्र कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज भएको छ ।

काली प्रसाद बास्कोटाको शब्द, संगीत र आवाज रहेको माया पिरती बोलको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । कबड्डी कबड्डी यो बर्षको निकै प्रतिक्षित चलचित्र हो ।

यो चलचित्रको दुई सिरिजलाई दर्शकले निकै नै रुचाएका छन् । त्यसको कारण पनि कबड्डी को तेस्रो सिरिजलाई दर्शकले मन पराउने कुरामा चलचित्र निर्माण टिम आशावादी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्