‘पासवर्ड’ प्रिमियरका लागि नेपाल आएकी सन्नीलाई पञ्चेबाजा सहित कुमारी हलमा गरियो भव्य स्वागत



२७ भदौ २०७६, काठमाडौँ

सन्नी लियानी हिजो चलचित्र पासवर्ड प्रिमियरका लागि नेपाल आएकी थिइन् । साझँ ६ बजे कमलपोखरीस्थित कुमारी हलमा राखिएको चलचित्रको प्रिमियर शो मा सन्नी २ घण्टा ढिलो पुगेकी थिइन् ।

सन्नीलाई कुमारी हलमा निके भव्य तरिकाले स्वागत गरिएको थियो । उनको स्वागतको लागि लाखे नाच देखाइनुको साथै पञ्चेबाजा समेत बजाइएको थियो । सन्नी पनि नेपाल आउन पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिइरहेकी थिइन् ।

सन्नीले धेरैपटक मिडियामा नेपाल आफूलाई विश्वमै सबैभन्दा मनपर्ने देश भएको बताउँदै आएकी छिन् । उनले आफूलाई नेपाली चलचित्रको हिस्सा हुन पाउँदा निकै नै खुसी लागेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्