आज अभिनेता जीवन लुईटेलको जन्मदिन



२४ भदौ २०७६, काठमाडौँ

जीवन लुईटेल कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा चलेका अभिनेता हुन् । उनले धेरै सुपरहिट चलचित्रमा काम पनि गरिसकेका छन् । तर अहिले जीवन कहाँ छन् अत्तोपत्तो छैन । अझ अहिले उनी यति गुमनाम छन् की कत्ति दर्शकले त सायद उनलाई चिन्दैनन् पनि होला ।

आज उनै अभिनेताको जन्मदिन रहेको छ । कुनै समयमा उनको नेपाली चलचित्र क्षेत्रमा राम्रो क्रेज थियो । उनलाई र आर्यन सिग्देललाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिन्थ्यो । हुन पनि त्यस समयमा जीवन र आर्यनबिच निकै प्रतिस्पर्धा थियो । अहिले जीवन अमेरिकामा बस्छन् । उनी उतै नै रमाइ पनि रहेका छन् । जीवनलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्