नेपालमा नेताको छोरीलाई प्रगति गर्न निकै गाह्रो छ’ : श्रृङखला खतिवडा



२४ भदौ २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा पूर्व मिस नेपाल श्रृङखला खतिवडाको विषयमा अनेकका गसिपहरु बन्न थालेका छन् । केहीसमय अघि उनलाई धर्म प्रचारको आरोप लागेको थियो । अहिले फेरि सिसम बानियाँसँग नाम जोडेर टिकाटिप्पणी हुन थालेका छन् ।

यस विषयमा श्रृङखलाले गुनासो पोखेकी छिन् । उनले सामाजिक सञ्जालमा राम्रा र चाहिने भन्दा अनावश्यक कुरा धेरै आउन थालेको बताइन् । यस्तै श्रृङखलालाई हरेक कुरामा नेताको छोरी भनेर पेल्ने गरिन्छ । उनले मिस नेपाल जित्दा पनि नेताको छोरी भएर जिति भनिएको थियो । यी बाहेक श्रृङखलाले गर्ने अन्य काममा पनि नेताकै छोरी भएका कारण गरि भन्ने आरोप उनलाई लाग्ने गरेको छ ।

श्रृङखलाले नेपालमा नेताको छोरीलाई प्रगति गर्न निकै गाह्रो भएको कुरा बताइन् । आफैँले कुनै काम गर्दा पनि नेताको छोरी भनेर आरोप लागिहाल्ने उनले बताइन् । श्रृङखलाले यस्तो नगर्दिन सबैलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्