काँग्रेस सभापति देउवाद्वारा आफ्नै पत्नी सम्मानित



२३ भदौ २०७६, काठमाडौं

नेपाली काँग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पत्नी डा. आरजु देउवा राणालाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

यस अवसरलाई कतिपयले सभापति देउवाको चाकडीका लागि श्रीमानलाई प्रमुख अतिथि र श्रीमतीलाई सम्मानित ब्यक्ति बनाएको आरोप लगाएका छन् ।

समितिले डा. आरजुलाई समाजसेवीका रुपमा उक्त सम्पर्क समितिले ‘द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मान गरेको हो ।

दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यक्तिलाई उक्त समितिले सम्मान दिने गरेको र यो पटक त्यो सम्मान आरजुलाई प्रदान गरिएको उक्त समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्