दुई थान पेस्तोल सहित लुटपाटमा संलग्न ८ पक्राउ



२२ भदौ २०७६, काठमाडौं

बालकृष्ण सुनचाँदी पसलका संचालक योगेश वि.कलाई सामाखुशी बसपार्कस्थित मुस्ताङ्ग गेष्ट हाउसको कोठा नं. ४०४ मा हामी प्रहरी हौं भनी पेस्तोल देखाई लुटपाट गर्ने ८ जनालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबार बाट लुटिएका सरसामान र हरियार सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त समूहले बौद्ध स्थित एक घरमा ठूलो मात्रामा गरगहना र नगद रहेको सूचना लिई लुटपाट गर्ने योजना समेत बनाईरहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

लुटपाटमा पक्राउ व्यक्तिहरु
 जिल्ला गोरखा अजिरकोट गा.पा घर भई हाल हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक वर्ष ३८ का कुशल अधिकारी (पूर्व आर्मी भगौडा) ।
 जिल्ला नुवाकोट तारकेश्वर गा.पा. १ घर हाल हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक वर्ष २९ को राम वहादुर तामाङग ।
 जिल्ला नुवाकोट विदुर न.पा १० घर भई हाल हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक वर्ष २५ को धर्म राज तामाङ्ग ।
 जिल्ला गुल्मी ईस्मा गा.पा – ५ घर भएका हाल हलचोक वस्ने वर्ष ३० का युवराज भण्डारी ।
 जिल्ला रसुवा छेदिङमो गा.पा ४ स्थायी घर भई हा हलचोक वस्ने वर्ष २९ को योर्साङ घले ।
 जिल्ला धादिङ खनिवास गा.पा ५ घर भई टोखा जरङ्गु वस्ने हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक वर्ष २७ को विजय तामाङग ।
 जिल्ला नुवाकोट विदुर न.पा ७ घर भई हाल काँडाघारी वस्ने वर्ष ३० को पिटर तामांङग हाल हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक ।
 जिल्ला नुवाकोट तारकेश्वर घर भई हाल वौद्द वस्ने वर्ष ३० को राजन तामाङ्ग ।

वरामद सामानहरु
 चाईनिज पेस्तोल – थान २
 सोको म्यागजिङग – थान २
 सोको गोली – ४ राउण्ड
 नक्कली सुन – अ १ केजी
 फलाम काटने औजार -थान १
 लुटिएको पर्स, एटिएम कार्ड, मोवाईल थान २
 लुटिएको कपडा लगायत पछाडी वोक्ने झोला थान १
 मोटर साईकल थान ४
 मोवाईल ७ थान

प्रतिक्रिया दिनुहोस्