दाजुभाइको झगडा हुदाँ गयो आमाको ज्यान



२२ भदौ २०७६, काठमाडौँ

महोत्तरी जिल्लामा दाजुभाइ बिच झगडा हुदाँ आमाको ज्यान गएको छ । शनिबार साँझ छोराहरुको झगडा भएर घाइते भएपछि छोराहरुलाई अस्पताल ल्याउने क्रममा आमा चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा आमाको ज्यान गएको हो ।

बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आफू चढेको एम्बुलेन्स पल्टँदा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्