मोटाएकी सञ्चिता (फोटो फिचर)



२१ भदौ २०७६, काठमाडौँ

सञ्चिता लुईटेल कुनै समयकी निकै चर्चित अभिनेत्री हुन् । उनको अभिनयलाई दर्शकले निकै रुचाउने गर्थे । उनी निकै राम्री नायिकामध्येमा पर्थिन् । तर पहिलेको जस्तो क्रेज सञ्चिताको अहिले छैन ।

अहिले पनि उनलाई चलचित्रबाट अफर नै नआउने भने होइनन् । तर उनी पहिलेको तुलनामा निकै कम चलचित्रमा मात्र काम गर्छिन् । यस्तै सञ्चिताको लुक्समा पनि अहिले भिन्नता आएको छ ।

उनी अहिले निकै मोटाएकी छिन् । तर मोटी भएपनि उनको सुन्दरतामा भने कुनै कमी आएको छैन । केही समयअघि सञ्चिता अभिनीत चलचित्र हजार जुनीसम्म प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्