प्रहरीको भेषमा कस्ति देखिइन् त बर्षा ?



२१ भदौ २०७६, काठमाडौँ

बर्षा सिवाकोटीलाई अनलक्की नायिका भन्न थालिएको छ । उनी एकपछि अर्को चलचित्रमा आफ्नो अभिनय सुधार्दै गइरहेकी छिन् । तर उनले खेलेका अधिकांश चलचित्र बक्सअफिसमा असफल छन् । तरपनि बर्षा निरन्तर काम भने गरिरहेकी छिन् । यस्तै उनलाई विर विक्रम २ बाट भने आशा थियो । तर विडम्बना विर विक्रम २ ले पनि सोचेजस्तो व्यापार गर्न सकेन ।

यतिबेला बर्षा चलचित्र लक्का जवान मा व्यस्त छिन् । यो चलचित्रमा उनीसँगै दिलीप रायमाझी, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र लक्का जवान मा बर्षा पुलिसको भूमिका देखिने भएकी छिन् । उनले प्रहरीको लुगा लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । जहाँ उनलाई निकै राम्री देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्