प्रहरीले ट्रक चालक कुटेपछि कार्वाही गर्न निर्देशन दियो : महानिरीक्षक खनाल



१९ भदौ २०७६, काठमाडौं

प्रहरी महानिरीक्षक सवेन्द्र खनालले रसुवाको प्रहरीबाट ट्रक चालक कुटेको भिडियो चारै तिर भाईरल भएपछि छानविन गरि दोषीमाथि कार्वाही गर्न निर्देशन दिएका छन् । प्रहरीले चालकलाई कुटपिटको गरेको भिडियो भाइरल भएपछि खनालले त्यस घट्नाबारे तत्काल छानविन गर्न जिल्ला प्रहरीलाई निर्देशन दिएका हुन् ।

यस घट्ना कसरी भयो भन्नेबारेमा यथार्थ बुझ्नका लागि प्रहरी अनुसन्धान गरिरहेको बताएका छन् । चालकले पहिला हात छाडेको र नियन्त्रणमा लिने क्रममा प्रहरीबाट हातपात भएकोे खनालले स्वीकारेका छन् । जनताको सुरक्षालागि खटिएको प्रहरीबाटै त्यस्तो कुकार्य हुनु दुखत हो भन्दै आइजीपी खनालले घट्नाको तत्काल छानविन गरि दोषीमाथि कार्वाही गर्न निर्देशन दिइएको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्