‘टिकटक’ स्टार प्रिज्मा–प्रिन्सीको नयाँ गीत रिलिज



१९ भदौ २०७६, काठमाडौँ

प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा ट्वीन्स दिदिबहिनी हुन् । प्रिज्मा र प्रिन्सी टिकटक बाट चर्चामा आएका हुन् । उनीहरुलाई टिकटक मा लगभग ६० लाखले फलो गरेका छन् । अहिले उनीहरु म्यूजिक भिडियोमा पनि निकै व्यस्त छन् ।

भर्खरै मात्र प्रिज्मा र प्रिन्सीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । बादल घिमिरेको शब्द र संगीत रहेको क्षतिपूर्ति बोलको गीतमा शिव परियारको आवाज रहेको छ । उक्त गीतमा प्रिज्मा र प्रिन्सीका साथ अर्जुन केशव पनि फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई सुव्रत राज आचार्यले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्