पतिको गोडा धोएर पानी खादाँ ट्रोलको शिकार बनिन् धमलाकी पत्नी



१७ भदौ २०७६, काठमाडौँ

तिजमा विशेष महिलाहरु श्रीमानको लागि पानी पनि नखाई व्रत बस्छन् । यो पहिले देखि नै चलिआएको परम्परा हो । यस्तै धार्मिक परम्पराअनुसार श्रीमानको गोडाको पानी खाएर मात्र व्रत तोड्न परम्परा रहेको छ ।

आजभोली यो कुरालाई त्यति मान्यता दिइदैन । तर चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले तिजमा ऋषिको गोडाको पानी खाएपछि उनी ट्रोलको शिकार बन्न पुगेकी छिन् ।

एलिजा स्वयमले धमलाको गोडा धोएर पानी खाएको तस्बिर फेसबुकमा अपलोड गरेकी हुन् । धेरैले उनीहरुलाई रुढीवादी भनेका छन् भने कत्तिले ऋषिले एलिजामाथि सामन्ती व्यवहार गरेको प्रतिक्रिया दिइरहेका छन् ।

धमलाकी पत्नीले यसको खण्डन गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । उनले धार्मिक कुरालाई मान्दा आफुलाई आत्मसन्तुष्टि मिल्ने बताउदै लेखेकी छिन्, ‘मलाई खुशी लाग्छ मेरो श्रीमान्लाई यस्तो गर्न पाउदा भने अरुलाई किन टाउको दुखाई’ ।

प्रतिक्रिया दिनुहोस्