आफ्नै घरमा पालेको भालेको आक्रमणबाट वृद्धाको मृत्यु



१६ भदौ २०७६, काठमाडौं

अस्ट्रेलियामा अनौठो घट्ना घटेको छ । एक वृद्धाले आफैंले पालेको कुखुराको भालेबाट आक्रमण भई वृद्धाको मृत्यु भएको छ। कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्।

वृद्धाले आफ्नै घर पछाडि सानो खोरमा कुखुरा पालन गर्दै आएकी थिइन्। वृद्धा महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर बनाएर कुखुरा पाल्दै आएकी थिइन्। सोही क्रममा त्यहाँ भएको भालेले महिलाले अण्डा टिप्ने क्रममा आक्रमण गरेको हो ।

भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्। कुखुराहरु प्राय अहिंस्रक मानिन्छन्। भालेचाँही कहिलेकाँही आक्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्