एमाले मोड दुर्घटनाः मृत्यु हुनेको संख्या ३ पुग्यो



११ भदौ २०७६, काठमाडौं

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ स्थित एमाले मोडमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

एक महिलाको घटनास्थलमै र २ जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ४ ख ९३१७ नम्बरको बस आज बिहान साढे तीनदेखि चार बजेको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनामा अन्य २५ जना घाइते भएका छन्।

घाइतेहरु मध्ये केहीको कोहलपुर तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्