पृथ्वीतर्फ तीव्र गतिमा आउँदै विशाल चट्टान, वैज्ञानिकहरु चिन्तित



११ भदौ २०७६, काठमाडौं

पृथ्वीतर्फ एक क्षुद्रग्रह अर्थात् ढुंगाको ठूलो टुक्रा (एस्टेराइड)आइरहेको वैज्ञानिकहरुले दावी गरेका छन्।

यो पृथ्वीका लागि सबैभन्दा खतरा हुनसक्ने उनीहरुको अनुमान छ। उक्त एस्टेराइडको नाम २००० क्यूडव्यूसेभेन नाम दिइएको छ।

यो क्षुद्रग्रह पृथ्वीतर्फ अगाडि बढेको बताइन्छ। यो पृथ्वीमा ठोक्किएमा संसारभर अहिलेसम्मकै ठूलो क्षति हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।

अमेरिकी अन्तरिक्ष संस्था नासाले सिड्नी हार्बर ब्रिजको लम्बाई बराबरको यो क्षुद्रग्रह २३ हजार १०० किलोमिटर प्रतिघन्टाका दरले सेप्टेम्बर १४ को आसपास पृथ्वीको सतह नजिकैबाट अगाडि बढ्ने अनुमान गरेका छन्।

नासाले पृथ्वी नजिकैबाट समेत आउने सक्ने भन्दै चेतावनी जारी गरेको छ। सम्भावना कम भए पनि आउन सक्ने अनुमान भने गरिएको छ।

एस्टेराइड पृथ्वीले जस्तै सूर्यको परिक्रमा गर्छ। यसअघि पनि यस्तै तर साना टुक्रा सन् २००० र सन् २००६ मा पनि पृथ्वीको सतह नजिकैबाट अगाडि बढेको थियो ।

३० मिटर ढुंगा भएको यो एस्टेराइड जुलाई र अगष्ट महिनामा नासाको सेन्टरबाट देखिन थालेको छ। पृथ्वीतर्फ मोडिने अवस्थामा यो चिन्ताको व्यवस्था हुने वैज्ञानिकहरुले बताएका छन्।

ब्रह्माण्डमा धेरै उल्कापिण्ड, धूमकेतु र क्षुद्रग्रह तैरिरहेका हुन्छन्। यी अनियन्त्रित भएर कुनै पनि क्षेत्रमा जान सक्ने अनुमान गरिन्छ। त्यस्तो अवस्थामा पृथ्वीमा ठोक्किएको अवस्थामा संसारभर नै त्यसको असर पर्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।

सन् १९०८ मा साइबेरियाको टुंगुस्कामा एक क्षुद्रग्रह ठोक्कियो। तर उक्त क्षुद्रग्रह पृथ्वीको सतहमा ठोक्किनै लाग्दा समाप्त भयो। ८ करोडभन्दा धेरै रुखहरु त्यसको आगोबाट ध्वस्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्