यी हुन्ः कब्जियतबाट बच्न विज्ञहरुको सुझाव



१० भदौ २०७६, काठमाडौं

प्रायः सबै मानिसको कब्जियत साझा स्वास्थ्य समस्य भनेर पनि वुझिन्छ।

जसले पेटमा गम्भीर गडबडी भएको संकेत दिन्छ।

यो रोगको उमेरसँग सम्बन्ध नभएका कारण सबै मानिसमा हुने गर्दछ।

जसमा पनि अत्यधिक मात्रामा बृद्धबृद्धा!

कब्जियतको समस्यबाट पिल्सिएका कतिपय मानिसहरुले औषधीको सेवन गर्दछन् भने कतिपय घरेलु उपचार पनि गरिरहेका हुन्छन्।

तर….

कब्जियतका लागि औषधीभन्दा घरेलु उपचार नै उचित हुने विज्ञहरुले खुलासा गरेका छन्।

त्यसैले, कब्जियत पिडीतका लागि घरेलु औषधी उपचारका लागि यी उपायः


पानीः

कब्जियत पिडीतका लागि पानी सबैभन्दा महत्पूर्ण र उपयुक्त उपाय हो।

अध्ययनका अनुसार, प्रशस्ता मात्रामा पानीको सेवन गर्नाले र झोलयुक्त खानको खानुले कब्जियतबाट छुटकारा पाउन सकिन्छ।

तर…….

पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान भने पक्कै पनि होईन।

तेलः

जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलको गेडा पनि कब्जियतका लागि प्रयोग गर्न सकिने विज्ञहरुको  भनाई छ।

जुन खाद्य पदार्थमा निकै न्यून मात्रामा चिल्लो पदार्थ पाईन्छ।

जसले आन्द्रालाई चिप्लो बनाई पेटको उकुस–मुकुस र डम्म हुनबाट रोक्न मदत गर्दछ।

फाइबरयुक्त खानाः

प्रायः मानिस शरिरलाई आवश्यकता पोषण तत्व नखाएर अन्य खाना खाईरहेका हुन्छन्।

जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि निकै महत्वपूर्ण औषधि नै साबित भएका चिकित्सकहरुको भनाई छ।

व्यायामः

विज्ञहरुका अनुसार उठ–बसलगायत अन्य शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो।

फलफूल तथा सागसब्जीः

ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्रै मानिदैन।

जसमा प्रशस्त मात्रामा फाइबर र तरल पदार्थ प्राप्ता गर्न सकिन्छ।

प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हुँदैन र भइसकेको कब्जियत पनि निको हुन्छ।

अंगुर र कागतीः

उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ।

थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ।

उखुको जुस, खुदो र मह:

कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन्।

उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ।

प्रतिक्रिया दिनुहोस्