बलिउडका यी चर्चित नायिका जो भारतमा जन्मिएका होइनन्…



०८ भदौ २०७६, काठमाडौँ

बलिउडमा निकै चर्चित केही नायिकाहरु छन् जो भारतमा भने जन्मिएका होइनन् । भारतको नागरिक नभएर पनि बलिउडमा आफूलाई स्थापित गर्नु पक्कै सामान्य कुरा भने होइन् । तर केही नायिकाले पनि दर्शकको अत्याधिक माया पाएका छन् । त्यसैले दर्शकलाई उनीहरु भारतीय नै हुन् वा होइनन् भन्ने कुरा नै थाहा छैन ।

दिपिका पादुकोण – दिपिका पादुकोण अहिलेकी सर्वाधिक लोकप्रिय बलिउड अभिनेत्री हुन् । पारिश्रमिकको हिसाबले पनि उनी पहिलो स्थानमा नै आउँछिन् । उनले चलचित्र ओम शान्ति ओम बाट बलिउडमा डेब्यु गरेकी थिइन् । धेरैलाई थाहा नहोला दिपिका भारतमा जन्मिएकी होइनन् । उनका पिता एक कामको शिलशिलामा डेनमार्क गएका थिए र उनकी श्रीमती पनि उनीसँगै गएकी थिइन् । सोही समयमा दिपिका डेनमार्कमै जन्मिएकी थिइन् ।

सन्नी लियोनी – सन्नी लियोनी पनि भारतमा जन्मिएकी होइनन् । सन्नीको जन्म क्यानडामा भएको थियो । उनी त हुर्किएकी पनि क्यानडामा नै हुन् । त्यसैले उनको हिन्दी अलि कमजोर नै छ ।

कट्रिना कैफ – कट्रिना सफल बलिउड अभिनेत्री हुन् । तर उनी पनि भारतीय नागरिक होइनन् । कट्रिना हङकङमा जन्मिएकी हुन् । उनकी आमा विदेशी र बुबा भने इन्डियन नै हुन् ।

ज्याकलिन फर्नानडेज – निकै राम्री नायिका ज्याकलिन श्रीलङ्कामा जन्मिएकी हुन् । सन् २००६ मा बलिउडमा करियर बनाउनको लागि उनी भारत आएकी थिइन् । उनी पनि अहिलेकी लोकप्रिय बलिउड अभिनेत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्