के साच्चैँ प्रेममा छन् आँचल र उदिप ?



०६ भदौ २०७६, काठमाडौँ

नायिका आँचल शर्माको नाम आजभोली पलसँग भन्दापनि उदिपसँग जोडिन थालेको छ । पछिल्लो समयमा उदिप र आँचलको सम्बन्ध निकै नजिकिदैँ छ । उनीहरु प्राय एकसाथ देखिन्छन् ।

सामाजिक संजालमा दिनहुँ जसो सार्वजनिक हुने उनीहरुको फोटोले पनि उनीहरुको निकटता प्रस्ट्याएको छ । ‘क्याचिङ अप विथ माई बेस्टेस्ट फ्रेन्ड’ भन्दै उदिप श्रेष्ठसँगको पहिलो फोटो पोस्ट गरेकी आँचलले त्यसयता विभिन्न प्रसङ्गका फोटोहरु पोस्ट गर्दै आएकी छिन् ।

हालै उदिपसंगको डिनरको भिडियो स्टोरी सेयर गरेकी उनले अर्को एक फोटो पोस्ट गरेकी छिन् जसमा ‘सम पिपल आर वर्थ मेल्टिङ फर लभ’ लेखेकी छिन् । उनको पोस्टको अर्थ हुन्छ, ‘कुनै मानिसका लागि मायामा पग्लिनु पनि सार्थक हुन्छ’ । उनको यो पोस्टले पनि उदिप प्रतिको उनको प्रेम झल्काएको छ । ब्यवसायी उदिप फिटनेश न्युट्रिसन स्पेसलिस्ट डाक्टर हुन् ।

प्रतिक्रिया दिनुहोस्