‘मलाई विश्वमै मनपर्ने देश नेपाल हो’ : सन्नी लियोनी



०६ भदौ २०७६, काठमाडौँ

सन्नी लियोनी बलिउडकी लोकप्रिय कलाकार हुन् । तर उनका फ्यान बलिउडमा मात्र नभएर नेपालमा पनि उत्तिकै छन् । सन्नीले एक नेपाली चलचित्रमा काम पनि गरेकी छिन् । सन्नीले पहिलो चोटी अभिनय गरेको नेपाली चलचित्र पासवर्ड भदौ २७ बाट प्रदर्शनमा आउँदै छ ।

चलचित्र पासवर्ड को प्रिमियरका लागि सन्नी नेपाल आउने भएकी छिन् । उनले चलचित्रको प्रमोशनमा समेत आफू सहभागी हुने बताएकी छिन् । त्यतिमात्र नभएर सन्नीले आफूलाई विश्वभरमै नेपाल सबैभन्दा मनपर्ने देश भएको बताउँदै नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा आफूलाई गर्व महशुस भएको बताइन् । उनी अब केहीदिनमै नेपाल आउँदै छिन् ।

प्रतिक्रिया दिनुहोस्