प्रहरीले भेट्न नदिएपछि ‘मेरो छोरा भेट्न दे’ भन्दै रविकी आमाले पोखिन् आक्रोश



३२ साउन २०७६, काठमाडौँ

रविलाई चितवन पुर्याएको खबर थाहा पाएपछि उनकी आमा छोरालाई भेट्न प्रहरी कार्यालय नै पुगेकी थिइन् । तर प्रहरीले उनलाई रविसँग भेट्न दिएन । छोरालाई भेट्न नदिएकाले आक्रोशित भएर रविकी आमाले प्रहरी कार्यालय अगाडी नारावाजी गरेकी छिन् ।

त्यसै त रविका समर्थक प्रहरी कार्यालय बाहिर नारा लगाइरहेका थिए, त्यसमाथि रविकी आमाले पनि साथ दिएपछि रविका समर्थक झन आक्रोशित भएका थिए । रविकी आमाले ‘छोरा भेट्न दे’ भन्दै नारावाजी गरेपछि त्यहाँको माहोल नै अर्कै भएको थियो । रवि सहित तीन जनालाई ५ दिन हि रासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्