आज चर्चित डान्सर तेरिया मगरको जन्मदिन, शुभकामना दिनेको ओइरो



२७ साउन २०७६, काठमाडौँ

तेरिया मगर चर्चित डान्सर हुन् । उनले सानो उमेरमा नै निकै सफलता हासिल गरेकी छिन् । सन् २०१४ मा डिआइडी लिटर मास्टर को उपाधी जितेपछि तेरियालाई अधिकांश दर्शकले चिन्न थालेका हुन् । उनले आफ्नो मात्र नभएर नेपालको नाम नै विश्वभर चिनाउन सफल भएकी छिन् ।

आज तिनै डान्सर तेरिया मगरको जन्मदिन हो । आजबाट तेरिया १७ बर्ष पुरा भएकी छिन् । तेरिया हाल मुम्बईमा नै बसेर अध्ययन गरिरहेकी छिन् । त्यसबाहेक देश तथा विदेशका कार्यक्रममा पनि उनी निकै व्यस्त हुने गरेकी छिन् ।

तेरिया जति राम्रो नाच्छिन्, त्यति नै मिठो गीत पनि गाउँछिन् । उनले केहीसमय अघि नेपाल आएको समयमा तिम्रो मायाले बाधेर राख बोलेको गीत कभर गरेकी थिइन् । जसलाई दर्शकले निकै रुचाएका थिए । आज तेरियाको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि तेरियालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्