हेटौंडामा वस्ती डुब्यो



०८ साउन २०७६, काठमाडौं

हेटौंडा उपमहानगरपालिकाको वडा नं ५ र १० का केही वस्तीहरु डुबानमा परेका छन् ।

लगातारको वर्षाका कारण खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो ।

प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्