‘बाहुबली’ स्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘साहो’ मा ८ मिनेटको फाइट सिनमा ७० करोड खर्च



०१ साउन २०७६, काठमाडौँ

प्रभास बलिउडमा बाहुबली स्टारको रुपमा परिचित छन् । तामिल चलचित्रबाट निकै प्रशंसक कमाएका प्रभासले बाहुबली पछि झन निकै फ्यान कमाएका छन् । प्रभास भन्ने बित्तिकै सबैले पहिले बाहुबली चलचित्रलाई नै सम्झन्छन् ।

यतिबेला भने प्रभास चलचित्र साहो मा व्यस्त छन् । चलचित्र साहो अगस्ट १५ बाट प्रदर्शनमा आउँदै छ । यो चलचित्र निकै खर्च गरेर बनाइएको छ । त्यतिमात्र नभएर चलचित्रको ८ मिनेटको फाइट सिनको लागि निर्माण टिमले ७० करोड खर्च गरेको खुलासा भएको छ ।

दर्शकमाझ निकै प्रतिक्षित रहेको चलचित्र साहो मा प्रभाससँग श्रद्धा कपुर पनि छिन् । यो चलचित्रले धमाका मच्चाउने कुरामा निर्माण टिम विश्वस्त रहेको छ । प्रभासले पनि यो चलचित्र आफ्नो करियरको लागि विशेष भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्