विदेशीका लागि बढाइएको भिसा शुल्कको कार्यान्वयन भोलिबाट



३१ अषाढ २०७६, काठमाडौं

सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शुल्कमा वृद्धि गरेको छ ।

बैशाखमा भिसा शुल्क वृद्धि गरेपनि सोको कार्यान्वयन भने भोलीदेखि लागू हुनेछ । सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा शुल्क बढाएको हो । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो । अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ ।

सरकारले अध्यागमन नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्