सलमान भन्छन्, ‘खाना सुँघे पनि वजन बढ्छ’



२९ असार २०७६, काठमाडौँ

बलिउडका चर्चित नायक सलमान खान फिटनेशको मामलामा सधै नै अगाडि छन् । सलमान दैनिक आफ्नो समय जीममा बिताइरहेका हुन्छन् । यसैले त उनी ५३ बर्षको उमेरमा पनि यस्तै फिट छन् ।

सलमान खान अहिले आफ्नो फिटनेसका लागि विभिन्न प्रयास गरिरहेको भिडियो तथा तस्वीर सार्वजनिक हुने गरेको छ ।

कुनै समय यस्तो पनि थियो, जतिबेला सलमान खान निकै दुब्ला थिए  उनी आफ्नो तौल बढाउन फिल्म सेटमा नै ३०-३० रोटी खान्थे  तर, अहिलेको अवस्था भने फेरिएको छ  उनी अहिले खाना सुँघेमा पनि वजन बढ्ने गरेको बताउँछन् । उनले अहिले निकै सम्हालिएर खाना खाने गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्