यसरी सुरु भयो रणबीर र आलियाको लभ अफेयर



२७ असार २०७६, काठमाडौँ

अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर यतिबेला भारतीय सञ्चार माध्यम  निकै तातिरहेको छ ।

हिन्दुस्तान टाइम्सको अनुसार दुवै ‘ब्रम्हस्त्र’ फिल्मको शुटिङको समयमा नजिक भएका थिए र त्यहिबाट यी दुईको प्रेमसम्बन्धको सुरुवात भएको थियो  आलियाका लागि रणबीरसँग काम गर्न पाउनु सपना जस्तै थियो भने उनी पहिल्यैदेखि नै रणबीरलाई मन पराउँथिन् ।

रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ । जब सोनम कपूरको विहेमा उनीहरु सँगै–सँगै आए तब यो सम्बन्धलाई लिएर धेरैले शंका पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्