बम आतंक मच्चाउने ५ जना पक्राउ



२१ असार २०७६, इटहरी

करिब डेढ महिना अघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई झापा प्रहरीले  आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा हल्दिबारी गाउँपालिका ७ का दीपेश न्यौपाने, दमक नगरपालिका १ का सञ्जय खरेल भन्ने खगेन्द्र, संखुवासभा खादबारी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका बस्ने कमल कोइराला, शिवसताक्षी नगरपालिकाका चौहान साईला भन्ने रामचन्द्र चौहान र मोरङ उर्लाबारी नगरपालिका १ का मनिष माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीले जानकारी दिएका छन् । पक्राउ परेका पाँचै जनालाई  शुक्रवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

उनीहरूले गत वैशाख २९ गते बिहान कनकाई नगरपालिका ४ स्थित कनकाई नदीको पुलको डिभाइडरमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम राखेका थिए । पक्राउ परेका पाँचै जनालाई विस्फोटक पदार्थ तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको एसपी मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्