जब ऋतिकले भने, ‘मेरो अगाडी उभिने शक्ति टाइगरमा मात्र छ’…



२० असार २०७६, काठमाडौँ

बलिउडका स्टार मानिने टाइगर श्राफको डान्स र एक्सनको फ्यान निकै रहेका छन् । यस्तै टाइगर पनि बलिउडका एक अभिनेताका डाइहार्ट फ्यान रहेका छन्, ती अभिनेता हुन् ऋतिक रोशन ।

टाइगर र ऋतिकलाई धेरैले दाजुभाई जस्तो भन्छन् । कारण ऋतिक र टाइगरको डान्स र बडी पनि एउटै नै छ । यी दुईलाई चलचित्रको पर्दामा एकसाथ हेर्ने चाहना धेरैको रहेको थियो । यी दुई चलचित्रमा एकसाथ देखिदैँ पनि छन् ।

यसैबीच ऋतिकले आफ्नो अगाडी उभिन सक्ने क्षमता टाइगरमा मात्र रहेको बताएका छन् । ऋतिकले आफू पनि टाइगरको फ्यान भएको बताएका छन् । यतिबेला ऋतिक र टाइगर एउटै चलचित्रमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्