‘कबीर सिंह’ बन्यो शाहिद कपुरको दुई सय करोड कमाउने पहिलो चलचित्र



२० असार २०७६, काठमाडौँ

शाहिद कपूर अभिनीत चलचित्र ‘कबीर सिंह’ ले हरेक दिन सफलताको नयाँ नयाँ आयाम रच्दै गएको छ ।

सन्दिप रेड्डीले निर्देशन गरेको चलचित्रमा शाहिद कपूरसँगै कियारा आडवाणी, सुरेश ओबेराय, सोहम मजूमदार, अर्जुन बाजवा, कुणाल ठाकुर लगायत कलाकारको अभिनय रहेको छ ।

शाहिदको फिल्म १३ दिनमै दुई सय करोड क्लबमा समावेश भएर नयाँ रेर्कड कायम गरेको छ ।

यो चलचित्रले पहिलो हप्तामै १३४ करोड ४२ लाख कलेक्सन गरेको थियो । दोस्रो हप्ताको सोमबार ९ करोड ७ लाख, मंगलबार ८ करोड ३१ लाख र बुधबार ७ करोड ५३ लाख जम्मा गर्दै दुई सय करोड क्लबमा सामेल भएको छ । यो चलचित्रले २०६ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

‘कबीर सिंह’ को सफलतापछि शाहिदको खुसीको पनि सीमा छैन । उनी चलचित्रको सफलताबाट निकै खुसी छन् ।

बलिउड लाइफका अनुसार, कबीर सिंह को सफलतापछि इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढेको छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्