अनु मलिक सदाको लागि ‘इन्डियन आइडल’ बाट बाहिरिए, यसकारण निकालिदियो ‘सोनी च्यानल’ले



१८ असार २०७६, काठमाडौँ

अनु मलिक बलिउडका निकै चर्चित संगीतकार हुन् । उनले बलिउडका थुप्रै हिट गीतहरु कम्पोज गरिसकेका छन् । अनु भारतको सबैभन्दा ठूलो गायन रियालिटी शो इन्डियन आइडल का जज पनि हुन् ।

अनुले धेरै समयदेखि यो शो जज गर्दै आएका थिए । तर अब अनु इन्डियन आइडल को जज को पोष्टबाट सधैँको लागि बाहिर निस्किएका छन् । अनुलाई मिटु को आरोप लागेको थियो । त्यसपछि सोनी टिभीले उनलाई यो शो बाट निकालेको हो ।

अनु शो बाट नहटेको हल्ला थियो । तर उनी शो बाट निस्किएका छन् । अनुले अहिले आफू काममा नै व्यस्त भएकाले यसबारे बोल्न नचाहेको बताए । तर अनुले घुमाउरो रुपमा आफूले शो छोडेको जानकारी भने गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्