टुङ्गियो गलबन्दी विवाद : प्रकाश सपुत र शम्भु राईबीच सहमति



११ असार २०७६, काठमाडौं

चर्चित गलबन्दी गीतको विवादले धेरै दिन देखि साङ्गितीक बजार तताइरहेको छ । गलबन्दी गीतको लय शम्भू राईको पुरानो गीतसँग मिल्न गएको भन्दै विवाद सुरु भएको थियो । शम्भूले गीत चोरेको भन्दै प्रकाशको विरुद्धमा मुद्दा समेत हालेका थिए भने पछिल्लो समयमा गीत चोरीको आरोप लागेका सपुतलाई जातको कुरा उठाएर केहि व्यक्तिहरुले बिभिन्न सामाजिक सञ्जाल मार्फत गाली समेत गरेका थिए ।

अन्ततः गलबन्दी’ गीतको बिबाद सहमतिमा टुंगिएको छ । प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । गीतको भिडियोमा शम्भू राईलाई क्रेडिट दिन सपुत तयार भए पछि सहमतीमा आएका राईले कुनै आर्थिक क्षतिपूर्ति दावी नगर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्