कोशी प्रदेशमा सरकार विस्तार, ५ मन्त्री र दुई राज्यमन्त्री थपिए



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।

२७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ ।

एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।

त्यसैगरी एमालेबाट नै सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन् ।

यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्