११ वर्षीय बालकले सुसाइड नोट लेखेर गरे आत्महत्या



१० असार २०७६, काठमाडौं

ललितपुरको बाग्मती गाउँपालिका ललितपुरमा ११ वर्षीय एक बालकले शनिबार राती सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । माल्टा स्थीत कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षकरशिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुले बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे । डीएसपी खिउजुले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटक अस्पताल पठाइएको जानकारी दिए ।

बालकले लेखेको सुसाइड नोट यस्तो छ: मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।

प्रतिक्रिया दिनुहोस्