११ वर्षे कलिलो उमेरमै आमा बनेकी भावना स्कुल जाँदै



०८ असार २०७६, काठमाडौं

प्रजनन भनेको के हो समेत नजानीकनै ११ वर्षे कलिलो उमेरमा आमा बनेकी भावना बस्नेत पछिल्लो समय सुस्मिता कार्कीका साथ भक्तपुरमा बस्छिन् । उनी उनकी सानी छोरी र उनका पती नन्द बहादुर पुन सबैलाई घरबाट उद्धार गरेर ल्याई सुस्मिताले आफु संगै राख्दै आएकी छिन् ।

११ वर्षकै उमेरमा आमा बनेकी उनले माइतीकै घरमा बच्चीलाई जन्म दिएकी थिइन । त्यसपछि पोषणको कमी भएको जस्ता बिभिन्न कुराहरु बाहिर आएपछि उनलाई सहयोग गर्नका लागी सुस्मिता पुगेकी थिइन ।

यतिबेला तिनै बाल आमा भावना बिधालय जान थालेकी छिन् । उनी श्री गणेश मा वि मा कक्षा ८ मा भर्ना भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्