‘मैले साडी लगाउँदा नेताले गुनासो गरेछन्’ : करिश्मा मानन्धर



०३ असार २०७६, काठमाडौँ

करिश्मा मानन्धर नेपाली चलचित्र जगतमा सदावहार नायिकाको रुपमा परिचित छिन् । उनी केहीसमय देखि काँचको पर्दाबाट टाढा छिन् । तर उनी अधिकांश फिल्मी कार्यक्रममा भने पुगिरहेकी नै हुन्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् ।

उनको उमेर ढल्कदो भएपनि उनी सधैँ फिट नै देखिन्छिन् । करिश्मा सधैँभरि आफूलाई सहज हुने पहिरन लगाउने बताउँछिन् । उनलाई आफ्नो रोजाईको कपडा लगाउँदा कसैले केही भन्ने हुन् की भन्ने कुराको चिन्ता छैन । आफूलाई जुन कपडा फिट हुन्छ उनी त्यहीँ लगाउँछिन् । उनले आफूलाई विशेष साडी मनपर्ने बताइन् ।

उनले साडी लगाउँदा आफूमात्र नभएर हरेक महिला निकै राम्री देखिने बताइन् । करिश्माले साडीमा आफूलाई सबैभन्दा सहज महशुस हुने पनि बताइन् । करिश्माले एक पार्टीमा साडी लगाएर जादाँ गुनासो गरेका रहेछन् । करिश्माले त्यो कुराले आफूलाई खासै फरक नपरेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्